काठमाडौं– लेखक एवम् राजनीतिकर्मी प्रकाश विकल्प बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेको सल्लाहकारमा नियुक्त भएका छन्। बागमती मन्त्रिपरिषद्को केही दिनअघिको बैठकले उनलाई सल्लाहकारमा नियुक्त गरेको हो।
'स्मार्ट सरकार' बनाउने लक्ष्यअनुरूप मुख्यमन्त्री पाण्डेले अघि सारेको वडा तहसम्मको समाजवादी कार्यक्रम, प्रविधिमैत्री यातायात क्षेत्रलगायतका प्रदेश विकासका नवीनतम कार्यक्रमलाई रणनीतिक रूपमा अघि बढाउन विकल्पसहित अन्य केहीलाई सल्लाहकारमा नियुक्त गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।
आफूले पाएको जिम्मेवारी वैज्ञानिक खोज, अनुसन्धान, अन्वेषण र प्रयोगको माध्यमद्वारा समाज रुपान्तरणमा प्रयोग गर्ने प्रकाशले बताएका छन्।
उनी नेकपा माओवादीका केन्द्रीय सदस्य तथा स्थानीय तह विभागका उपप्रमुखसमेत हुन्। उनले ‘देश किन बनेन’, ‘समृद्धिको रोडम्याप’ लगायतका पुस्तक समेत लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।