काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोरोनाले पार्टीको गति रोकेको बताएका छन्। बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले कोरोनाले हातखुट्टा बाँधिदिएको बताएका हुन्।
बुधबारदेखि सुरु भएको बैठकमा समूहगत छलफलको निष्कर्ष रिपोर्टिङ भएपछि जवाफ दिने क्रममा उनले भने- 'एउटा कुरा तपाईंहरुले राख्नुभएको छ, गरेको कामको पनि प्रशंसा हुनुपर्यो। यसबीचमा कोभिड १९ ले पनि हाम्रो हातखुट्टा बाँधिदियो। समय हेर्दा ६, साढे ६ महिना भनेर गणना गर्न त सकिएला। तर, कोरोना महामारीको असरले गर्दा हाम्रो गतिमा असर पार्यो।'
जुन गतिको साथ आफ्नो पार्टी देशभर परिचालित भइरहेको थियो, त्यसलाई कोरोना महामारीले रोकेको उनको भनाइ थियो। त्यसैले पार्टीले सर्कुलर जारी गर्नुपरेको उनले बताए।
'हामीले भन्नुपर्यो, ठूल्ठूला भेलाहरु आयोजना नगर्नुहोला। रोक्नुस्', उनले भने। अहिले बैठकमा उनले जवाफ दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।