वीरगञ्ज– प्रधानमन्त्री शेरबहादुर देउवा पर्साको वीरगञ्ज पुगेका छन्। विभिन्न कार्यक्रममा सहभागी हुन देउवा मधेस प्रदेशको वीरगञ्ज पुगेका हुन्।
केही समयअघि वीरगञ्ज पुग्नुभएका प्रधानमन्त्री देउवालाई स्थानीय पार्टी नेता कार्यकर्ता तथा विभिन्न सरकारी निकायका प्रमुखहरुले स्वागत गरेका छन्।
नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले पार्टीको पर्सा जिल्लाका नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ।
आजै प्रधानमन्त्री देउवाले नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२औं राष्ट्रिय महिला उद्यमी सम्मेलनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।