फाइल तस्बिर
जुम्ला– जुम्लाका महिला उद्यमीको सहजका लागि जिल्लास्थित पशु सेवा कार्यालयले अनुदानमा ट्यांकर उपलब्ध गराएको छ।
कार्यालयले ५० प्रतिशत अनुदानमा हिमाली डेरी उद्योगकी सञ्चालक मनकोइला धिताललाई ट्यांकर उपलब्ध गराएपछि अब दूध बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता हटेको छ। एक हजार लिटरसम्म दूध बोक्नसक्ने क्षमताको ट्याङ्कर उपलब्ध गराइएको हो।
दुग्ध ट्यांकरले यहाँको दूध उत्पादन बढाउन प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। ३२ लाख ९५ हजार मूल्यको ट्याङ्कर ५० प्रतिशत अनुदानमा उपलब्ध गराएपछि किसान निकै उत्साहित भएका छन्।
अहिले नाग्म, कुडारी, लाम्रा गाउँ र बजार क्षेत्रका दूध ट्यांकरबाट डेरीमा सहजै दूध पु¥याउने काम भइरहेको छ। सदरमुकाम खलंगाभित्र र बाहिरका नौवटा डेरीमा दूध पुग्ने गरेको उनको भनाइ थियो। ट्यांकर पुगेपछि अहिले १० जनाले रोजगारी पाएका छन्। एक महिनामा झन्डै रु छ लाख बराबरको दूध बिक्री हुने गरेको हिमाली डेरी उद्योगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।