काठमाडौं– संखुवासभाको मादीबाट झापाको दमकका लागि छुटेको यात्रुबाहक बस दुर्घटना भएको छ।
बिहीबार बिहान करिब सवा ७ बजेतिर बा ४ ख ७३५ नम्बरको बस रामबेनी भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
बस सडकबाट करिव चारसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बसमा २५ जना सवार रहेको प्रहरीको भनाइ छ।
दुर्घटनाको विवरण आइनसकेकाे डिएसपी लालध्वज सुवेदीले बताए। प्रहरीले घटनाको थप विवरण संकलन गरिरहेकाे जनाएको छ। हालसम्म १० जनाकाे मृत्यु भएकाे जानकारी आएको बताउँदै उनले घाइते र मृत्यु हुनेको संख्याबारे जानकारी संकलन भइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।