प्रतीकात्मक तस्बिर
काठमाडौं– नेपालमा कुल जनसंख्याको १० प्रतिशत अर्थात झन्डै ३० लाख मानिसमा कुनै न कुनै रुपमा मिर्गौलाको समस्या रहेको अनुमान गरिएको छ। यीमध्ये तीन लाखको मिर्गौला बिग्रिरहेको छ। नेपालमा प्रत्येक वर्ष मिर्गौला उपचारमा ३ हजार नयाँ बिरामी थपिने गरेका छन्। यस्तै, ४ हजारभन्दा बढी मानिसले डायलाइसिस गरिरहेका छन्।
सरकारले मिर्गौला फेल भएका विपन्न बिरामीलाई निःशुल्क डायलाइसिस, निशुल्क मिर्गौला प्रत्यारोपण र आवश्यक उपचार तथा औषधिका लागि १ लाख सहुलियत रकम सहयोग गर्दै आइरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गौला प्रत्यारोपण र डायलाइसिस तथा उपचारका लागि अस्पतालहरुलाई सूचिकृत गरेको छ। मिर्गौलाको उपचार र डायलाइसिसका लागि मन्त्रालयले ७० वटा अस्पताललाई सूचीकृत गरेको छ। यी अस्पतालबाट विपन्न बिरामीले उपचार र निःशुल्क डायलाइसिस सेवा पाउने छन्।
आवश्यक कागजी प्रक्रिया पुरा गरेका विपन्न बिरामीको उपचारका लागि सरकारले सूचिकृत गरेका ७० अस्पतालको सूची यस्तो छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।