काठमाडौं– हाल देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव सुरु भएको महाशाखाले जनाएको छ।
आज (बिहीबार) दिउँसो देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भु(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भु(भागमा आंशिक बदली रहनेछ। अपराह्नपछि देशको पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्टयाङसहित वर्षाको सम्भावना महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।
आज राति देशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।