काठमाडौं- नेपाली ट्रान्सजेन्डर अधिकारकर्मी भूमिका श्रेष्ठ ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार (आईडब्ल्यूओसी) २०२२’ बाट सम्मानित भएकी छन्।
एलजिबिटिक्यूआई (यौनिक तथा लैंगिक अल्पसंख्यक) समुदायको जीवनमा सुधार ल्याउने कामप्रतिको समर्पणका लागि भूमिकालाई अमेरिकी विदेश मन्त्रालयले उक्त पुरस्कारबाट सम्मानित गरेको हो।
‘अधिकारकर्मी भूमिका श्रेष्ठलाई उहाँले नेपालमा एलजिबिटिक्यूआई समुदायको लागि अधिकार र अवसरको प्रवर्द्धनका लागि गर्नुभएको निरन्तर मेहिनतका लागि अमेरिकी विदेश मन्त्रालयद्वारा बार्षिक रूपमा प्रदान गरिने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गर्न सफल हुनुभएको छ,’ नेपालस्थित अमेरिकी दूतावासले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।