काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुई जिब्रे मात्रै नभइ, शेषनाग जस्ता हजार जिब्रे भएको आरोप लगाएका छन्।
एमाले प्रवेश कार्यक्रममा भाग लिन मोरङ पुगेका ओली प्रचण्डप्रति आक्रामक सुनिएका थिए।
प्रचण्डले यता एउटा कुरा, उता अर्को कुरा, बिहान एउटा कुरा, बेलुका एउटा कुरा, राति अर्कै कुरा, भोलि बिहान अर्कै कुरा गर्ने गरेको ओलीको भनाइ छ। 'नेकपा माओवादी केन्द्रका साथीहरुलाई नेकपा एमालेमा आउन आग्रह गर्छु। एक बारको जिन्दगीमा गलत ठाउँमा लागेर गलत मान्छेलाई साथ नदिनुस्', उनको आग्रह थियो।
प्रचण्डको अनुहार नै यता फर्किँदा एउटा र उता फर्किँदा अर्कै हुने गरेको उनले बताए। प्रचण्डले एमसीसीको सन्दर्भमा पनि पार्टीका कार्यकर्तालाई सडकमा उफारेको भन्दै आक्रोश व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।