काठमाडौं– संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका प्राध्यापक श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बुधबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच खत्रीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
त्यस अवसरमा पराराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।