काठमाडौं- नेपाली कांग्रेसले एमसीसी सम्झौता पारित भइसक्दा पनि भ्रम फैलाउने क्रम जारी रहेको टिप्पणी गरेको छ।
सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै एमसीसीमा भ्रम फैलाउने कार्यमा सत्ता गठबन्धन कै कतिपय दल रहेकोतर्फ संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन्।
‘एमसीसीमा विगतमा भ्रम फैलाइयो। हामी यसलाई चिर्दै अघि बढेका छौं ’ उनले भने ‘ एमसीसीकै कारण गठबन्धनभित्र रहेको विरोधाभाष अवस्था सिर्जना भएको थियो, त्यसलाई अन्त्य गर्दै अघि वढेका छौं, तै पनि भ्रमको खेती गर्ने काम जारी छ। हामी यसलाई चिर्छौ।’
पर्सिदेखि नेताहरु निर्वाचनको तयारीका लागि जिल्ला जाने भन्दै कांग्रेस अब घरघर पुग्ने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।