काठमाडौं– सामाजिक सञ्जाल र सञ्चारमाध्यमलाई प्रयोग गर्ने मामलमा कांग्रेस कमजोर रहेको प्रवक्ता डा प्रकाशशरण महतले बताएका छन्।
बुधबार पार्टी कार्यलयमा आयोजित पत्रकार सम्मेलनका क्रममा आगामी दिनमा त्यसको भरपुर प्रयोग हुने बताए।
उनले भने, ‘सामाजिक सञ्जाल र सञ्चारमाध्यमलाई भरपुर प्रयोग गर्नुपर्छ। यस मामलामा कम्युनिष्ट पार्टी अगाडि छन्। हामीले पनि अव प्रयोग गर्नुपर्छ।’
उनले काम मात्रै गरेर नपुग्ने भन्दै प्रचार अभियान समेत तीव्र पार्ने बताए। ‘प्रचार अभियान चुस्त र दुरुस्त सम्प्रेषण गर्न यी माध्यमलाई पनि भरपुर प्रयोग गर्छौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।