काठमाडौं– मोरङको रंगली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमाले प्रवेश गरेका छन्। दुवै जनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार एक कार्यक्रममार्फत् पार्टीमा स्वागत गरेका छन्।
माओवादी केन्द्रबाट निर्वाचित रंगेली नगरपालिकाका दिलीप कुमार अग्रवाल र उपमेयर केशव कुमारी खनाल एमाले प्रवेश गरेका हुन्। बुधबार रंगेलीमै आयोजित एक कार्यक्रमबीच एमाले अध्यक्ष ओलीले दुवैलाई पार्टी प्रवेश गराएका हुन्।
यस्तै, रंगली नगरपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का वडाध्यक्ष महेशकुमार खनाल पनि एमाले प्रवेश गरेका छन्। दुवै वडाध्यक्ष पनि माओवादी केन्द्रबाटै निर्वाचित हुन्।
मेयर, उपमेयर र वडाध्यक्षसहित ४ हजार ७ बढी नेता/कार्यकर्ता एमाले प्रवेश गरेका नेकपा एमाले मोरङ जिल्ला कमिटीका अध्यक्ष ऋषिकेश पोखरेलले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।