काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेविरुद्ध भण्डाफोर गरेर अघि बढ्नु पर्ने बताएका छन्।
आजबाट सुरु एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा नेता खनालले एमाले पेण्डुलम प्रवृत्तीबाट दक्षिणपन्थी धारमा गएको र त्यसबारे आफूहरुले भण्डाफोर गरेर जान सकिए पार्टी निर्माण गर्न सहज हुने बताए।
समाजको चरित्र चिन्न नसक्नेले देश परिवर्तन गर्न नसक्ने उनले बताए।
नेकपा एमाले अलमालमा रहेको बताउँदै उनले आफूहरु अब रणनीति र लक्ष बनाएर अघि बढ्नु पर्ने बताए।
'हाम्रो रणनीति लक्ष्य वैज्ञानिक समाजवाद हो त्यसमा जानुपर्छ। एमालेले आफ्नो लक्ष्य अहिले पनि जबज भन्ने गरेको छ।'
वैचारिक र कार्यक्रममा पनि एमाले अवसरवादी देखिएको भन्दै अवसरवादकाविरुद्ध अब लेख्न सक्नुपर्ने उनले बताए।
एकीकृत समाजवादीले नेपालको वैचारिक आन्दोलनमा परिवर्तन गर्न सक्नुपर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।