काठमाडौं– हलिउड अभिनेता लियोनार्दो डिकेप्रियोले युक्रेनलाई १० मिलियन डलर सहयोग गरेका छन्।
डिकेप्रियोले युक्रेनमा रसियाले हमला गरेसँगै सुरु भएको युद्धका कारण युक्रेनमा भइरहेको क्षतिले नोक्सान गरेकाले १० मिलियन डर अर्थात करिब एक अर्ब २२ करोड ६४ लाख रुपैयाँ सहयोग गरेका हुन्।
रसियाले २४ फेब्रुअरीमा युक्रेनमाथि ‘सैन्य हमला’ भन्दै आक्रमण सुरु गरेको थियो। त्यसयता युक्रेनमा युद्ध सुरु भएको छ। बुधबारसम्म युक्रेनबाट २ लाखभन्दा धेरै मानिसहरु बाहिरिसकेको बताइएको छ।
डिकेप्रियोले युक्रेनलाई गरेको सहयोग त्यहाँ भइरहेको युद्धका कारण नोक्सान भएका क्षेत्रमा क्षति कम गर्न दिइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
डिकेप्रियो व्यक्तिगत रुपमा पनि युक्रेनसँग जोडिएका छन्। उनकी हजुरआमाको जन्मभूमि युक्रेन नै हो। उनकी हजुरआमा युक्रेनको ओडेसा नामक शहरकी बासिन्दा थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।