काठमाडौं– नेपाली कांग्रेस रौतहटको सभापतिमा सुनिलकुमार यादव निर्वाचित भएका छन्।
सभापति शेरबहादुर देउवानिकट यादवले १३६२ मत ल्याएर सभापति जितेका हुन्। सभापतिका अर्का प्रत्यासी हृदयनारायण राय यादवले १०६४ मत ल्याएका थिए। त्यसैगरी, जिल्ला उपसभापतिमा धीरेन्द्रकुमार सिंह र रामलोचनप्रसाद कलवार विजयी भएका छन्।
मंगलबार सम्पन्न मतगणना अनुसार सचिवमा राजेशकुमार चौधरी र रामचन्द्र गिरी तथा सहसचिवमा फिरोज आलम र सिकेन्द्रप्रसाद पटेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।