दमौली- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीमा तरुण युवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
नेपाल तरुण दल भानु नगर समितिले आयोजना गरेको संगठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा शक्तिकै कारण पार्टी बलियो हुने बताएका हुन्।
नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन युवाहरू एकजुट भएर लाग्नुपर्नेमा वरिष्ठ नेता पौडेलको जोड थियो।
“युवा भनेका कांग्रेसको मेरुदण्ड हो, युवाहरू कांग्रेसलाई जिताउन एक भएर लाग्नुपर्छ”, उनले भने। कांग्रेसले जितेमात्रै देशको विकास सम्भव रहेको उनको जिकिर थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।