काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औं महाधिवेशन तथा निर्वाचनको मिति पुनः सरेको छ। यसअघि मार्च २१ र २२ गतेका लागि तय भएको निर्वाचन संघले सूचना प्रकाशित गर्दै सारेको हो।
संघले मंगलबार सूचना जारी गर्दै मार्च २४ र २५ मा महाधिवेशन गर्ने जानकारी गराएको हो। योसँगै संघको अधिवेशन पाँचौंपटक सरेको छ
संघका सल्लाहकार तथा अध्यक्षका प्रत्यासी कुल आचार्यले एकलौटी तरिकाले तोकिएको निर्वाचनको मिति मान्य नहुने बताएका छन् । मंगलबार फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन्।
त्यस्तै, संघका उपाध्यक्ष सोनाम लामाले एकपक्षीय रूपमा गराइने चुनाव मान्य नहुने बताएका छन्। लामाले पनि मंगलबार फेसबुकमार्फत प्रतिनिधि विवाद समाधान नगरी गराइने चुनाव मान्य नहुने बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।