काठमाडौं– हाल प्रदेश १ र मधेश प्रदेशका भ–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम बदली तथा वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।
आज (बुधबार) दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
देशका पहाडी भू–भागको केही स्थानमा मेघगर्जन÷चट्टयाङको सम्भावना भने रहेको महाशाखाको भनाइ छ।
आज राति देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।