• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

डा. मनिषा रावलको अनुभूति : जिम्मेवारीले महिला र पुरुष भन्दैन, तर समाजले भन्ने रहेछ

कमला गुरुङ मंगलबार, फागुन २४, २०७८  १७:३२
1140x725

काठमाडौं– नेतृत्वदायी भूमिकामा आउन हर कोहीको आफ्नै संघर्षका कथाहरु हुन्छन्। चाहे त्यो पुरुष हुन् या महिला। फरक यत्ति हो, महिलाका लागि यो थप चुनौतीपूर्ण भइदिन्छ। 

प्रशासनिक सँगै सामाजिक र पारिवारिक बन्धनले महिलाहरुलाई ती जिम्मेवारी थप बोझिलो बनाइदिन्छ। तापनि ती चुनौतीलाई चिर्दै केही महिलाहरु नेतृत्वदायी भूमिकामा अघि बढिरहेका हुन्छन्। 

तिनै महिलामध्येकी एक हुन्, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा मनिषा रावल। 

पाल्पामा जन्मिएकी डा रावलले आईएस्सीसम्मको अध्ययन बुटवलमा पूरा गरिन्। दुई छोरी र एक छोरा भएपनि उनको परिवारमा कहिल्यै छोराछोरीबीच भेदभाव भएन। छोरीले गर्न हुने र नहुने भनेर कुनै पनि काम छुट्याइएन। 

उनले भनिन्, ‘मेरो मध्यम वर्गीय परिवार हो। बुवा र आमा दुवै शिक्षित भएर पनि होला। हामी छोराछोरीबीच कुनै पनि कुरामा कहिल्यै भेदभाव गर्नु भएन।’ 

सानै उमेरदेखि भेदभाव र हेपाहा प्रवृत्तिबारे उनले सुनेकी थिइन् तर अनुभव भने गरेकी थिइनन्। तर, कामको शिलशिलामा भने उनले त्यसलाई अनुभव गरिन्। 

....मेरो ठाउँमा पुरुष भएको भए त्यो हेपाहा प्रवृत्ति हुन्थ्यो?

स्वास्थ्य सेवामा २१ वर्ष बिताएकी उनले सरकारी जागिर २०७२ सालबाट सुरु गरिन्। सुरुवाती दिनमा उनलाई सरकारी जागिरतर्फ खासै रुचि थिएन। ‘जहाँ गएपनि मिहिनेत गर्ने नै हो, बिरामीको सेवा गर्ने हो’ भन्ने सोच उनमा थियो। 

nimb
nimb

तराईंका विभिन्न जिल्लाका साथै खोटाङ, ओखलढुंगा, हेटौँडा, कालीकोट, भोजपुर, संखुवासभा लगायत जिल्लामा उनले काम गरिन्। यो क्रममा सरकारी सेवा प्रवेश गर्नुपर्छ भन्ने उनलाई  लागेन। 

तर, काम गर्दै जाँदा सरकारी क्षेत्रमा प्रवेश गरेपछि विभिन्न कार्यक्रममा जोडिन र योगदान दिन मिल्ने उनलाई लाग्यो। र, सरकारी सेवामा प्रवेश गर्ने उनले निधो गरिन्। 

‘म निजी क्षेत्रमा काम गरिरहेको थिएँ। तुलना गर्दा मैले मेरो भिजन सानो पाएँ। जबकी सरकारको दिगो लक्ष्यसहितको धेरै कार्यक्रम रहेछन्,’ उनले भनिन्, ‘एउटा क्लिनीसियनको रुपमा मैले दिनमा २० देखि ४० जना बिरामीलाई हेरिरहेको छु भने सरकारको यी कार्यक्रममा सहभागी भएर योगदान दिन सके भने ठूलो समुदायलाई सहयोग गर्न सक्नेछु भन्ने भावनाले आएकी हुँ।’

२०७२ सालमा नवौँ तहबाट उनले सरकारी जागिर सुरु गरिन्। दुर्गम जिल्लामै जानुपर्छ भन्ने बाध्यता उनलाई थिएन। सुगम जिल्ला छनोट गर्ने अधिकार थियो उनलाई। तर, करारमा रहँदा विभिन्न जिल्लामा पुगेर काम गरेको अनुभव उनलाई प्यारो लाग्यो। त्यसैले उनले सल्यान जिल्ला नै रोजिन्। पहिलो पटक ठूलो जिम्मेवारी लिएर सल्यान पुगेको थिइन् डा रावल। जिल्ला स्वास्थ्य प्रमुखसँगै जिल्ला अस्पताल सल्यानको मेडिकल सुपरिटेन्डेण्टको जिम्मेवारी पनि थियो।

घर परिवार र नौ वर्षकी सानी छोरीलाई छाडेर जानुको पीडा त थियो नै तर सेवा गर्ने भावले उनलाई रोक्न सकेन। 

भन्छिन्, ‘ममाथि ठूलो जिम्मेवारी थियो। म त्यहाँ परिवार छोडेर गएकी थिएँ। त्यो पीडा छुट्टै छ। तर, म जिम्मेवारीका साथ कुर्चीमा बसेपछि म महिला हुँ, मैले सजिला काम गर्नुपर्छ, लगायत कुराहरु कहिल्यै सोचिनँ। र, सोच्नु पनि हुँदैन।’

काम गर्ने शिलशिलामा महिला भएकै कारण हेपिएको अनुभव उनीसँग पनि छ। सल्यानमै काम गर्दा उनले प्रमुख जिल्ला अधिकारीलगायत व्यक्तिसँग छलफल गर्नुपर्ने थियो। 

केही विषयमा भएको असमझदारीलाई स्पष्ट पार्ने क्रममा उनलाई फरक र हेपाहा प्रवृत्तिको व्यवहार गरियो। त्यो हेपाहा प्रवृत्तिलाई सम्झदा आज पनि उनलाई यो प्रश्न गर्न बाध्य गराउँछ, ‘यदि मेरो ठाउँमा पुरुष भएको भए त्यो हेपाहा प्रवृत्ति हुन्थ्यो हुन्थेन? म महिला भएकै कारण उहाँको सोचाई त्यस्तो भएको हो कि?’

अझै पनि समाजमा पुरुषवादी सोच हावी रहेको उनको अनुभव छ। स्वास्थ्य क्षेत्रमै पनि यो प्रवृत्ति हावी रहेको उनले बताइन्। कतिपय अवस्थामा गरिने काम, ल्याइने प्रस्तावमा महिलालाई भन्दा पुरुषलाई बढी महत्त्व दिइने गरेको उनले बताइन्। 

‘त्यही प्रस्ताव, योजना एउटै स्तरका पुरुष र महिलाले ल्याउँदा पाउने महत्व फरक हुन्छ। किनभने ती पुरुषहरु कामपछि पनि गफ गर्छन्। सँगै खाजा, चिया खान्छन्। तर, म त गर्दिनँ। म त एउटा काम विशेषले मात्र भेट्न जान्छु। यसले गर्दा पनि धेरै फरक पर्ने रहेछ,’ उनले भनिन्। 

२१ दिनको सुत्केरी, पटुकी बाँधेर एमडी अध्ययन
एमडी सुरु गर्दा डा रावल २१ दिनको सुत्केरी थिइन्। महाराजगञ्ज चिकित्सा क्याम्पसमा एमडी अध्ययनका लागि उनले पहिले नै भर्ना गरिसकेको थिइन्।  

उनले जेनरल प्राक्टिस एण्ड इमरजेन्सी मेडिसिन (एमडीजीपी) मा एमडी गरेकी हुन्। भर्ना हुनुअघि उनी आठ महिनाको गर्भवती थिइन्। एमडीको भर्ना गरिसकेका कारण उनलाई पछि हट्न सकिनन् र मनले मानेन पनि। 

उनले भनिन्, ‘मैले पहिले नै भर्ना भएर सबै शुल्कहरु तिरिसकेको थिएँ। सुत्केरी भएको मान्छेलाई कुनै पनि परिवारले पढ्न जाऊ त भन्दैन। मेरोले पनि भनेन। तर, फेरि यो मौका नआउन सक्छ भन्ने मलाई लाग्यो। त्यही भएर म बच्चा पाएको २१ दिनमा कलेज गएँ।’

उनको ड्युटी पाटन अस्पतालमा थियो। बिहान ८ देखि ५ बजेसम्म कक्षामा बस्नुपर्थ्यो। त्यो बेला उनी लाजिम्पाटमा बस्थिन्। पाटनसम्म पुग्न दुई वटा माइक्रो परिवर्तन गर्नुपर्थ्यो।

कम्मरमा पटुकी बाँधेर २१ दिनको सुत्केरी ड्युटी गर्न जाँदा सहकर्मी र शिक्षकहरु पनि अचम्ममा नपरेका होइनन्। तर, शिक्षकहरुले भने उनलाई साथ दिए। उनको ड्युटी भएपनि सुत्केरी भएको थाहा पाएर उनलाई केही दिनसम्म सहयोग गरेको उनले बताइन्। 

जीवनको संघर्ष यहीँबाट सुरु भएको उनको बुझाई छ। त्यही संघर्षका कारण ती दिन सम्झिँदा पनि उनलाई अहिले सन्तुष्टी मिल्छ। 

‘त्यो पल मेरो जीवनको संघर्षको पहिलो खुड्किला थियो। त्यो बेला मैले पढ्ने निर्णय नगरेको भए या दु:ख नगरेको भए सायद म आज यो ठाउँमा आउने थिइनँ होला’, उनले भनिन्। 

महिलाको सफलता पछाडी परिवार र श्रीमानको भूमिका महत्त्वपूर्ण हुन्छ
विवाह अघिबाटै उनी जागिरे जीवनमा सक्रिय थिइन्। त्यही भएरपनि विवाहपछि उनले परिवारलाई समय दिन सकिनन्। तर, परिवार र विशेषगरी श्रीमानबाट भने उनले ठूलो साथ पाइन्। 

स्वास्थ्य सेवा विभागको आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखा प्रमुख डा प्रकाश बुढाथोकी र डा रावल श्रीमान श्रीमती हुन्। 

‘सुत्केरी अवस्थामा म रेजिडेन्सी गर्न गएँ। मेरो बच्चाको पालन पोषणमा परिवारको ठूलो भूमिका छ। श्रीमानले धेरै साथ दिनुभयो’, उनले भनिन्, ‘व्यावसायिक र अध्ययनले गर्दा विगतमा म एउटा राम्रो आमा बन्न सकिनँ होला। तर, मेरो श्रीमानले आमा र बुवा दुवैको भूमिका उदाहरणीय रुपमा निर्वाह गर्नुभयो।’

अध्ययन र व्यावसायिक रुपमा अघि बढेपछि परिवारलाई समय दिन नसकेको उनलाई बोध हुन थाल्यो। अब उनलाई व्यावसायिक जीवनसँगै पारिवारिक जीवनलाई पनि समय दिनु थियो। बोर्डिङको होस्टेलमा रहेको छोरीलाई घरमा ल्याएर समय दिनु थियो। 

त्यसैले उनी २०७४ सालमा काठमाडौं सरुवा भएर आइन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा निर्देशकको रुपमा उनको सरुवा भयो। त्यसपछि उनी विभिन्न भूमिका रहँदै काम गरेपछि हाल पुनः शुक्रराज अस्पतालको निर्देशकको रुपमा कार्यरत छिन्। 

प्रशासकीय जिम्मेवारी त छँदैछ, पारिवारिक जिम्मेवारी पनि उनले निर्वाह गर्नुपर्छ। आमा, श्रीमती, बुहारी थुप्रै रुपमा उनले जिम्मेवारी निर्वाह गर्नुपर्छ। 

सामाजिक तथा पारिवारिक बन्धनका कारण महिलाहरु अझै पनि अघि बढ्न नसकेको उनी बताउँछिन्। तुलनात्मक रुपमा महिलाहरु अहिले अघि बढ्न थालेपछि सन्तोष मान्न नसकिने उनले बताइन्। 

उनी भन्छिन्, ‘जतिसुकै परिवर्तन आएपनि महिलाप्रति हेर्ने दृष्टिकोण अझै पृथक भइसकेको छैन। सामाजिक रुपान्तरण आवश्यक छ। महिलालाई अघि बढ्न उसको परिवार र श्रीमानको साथ निकै आवश्यक छ। यहाँसम्म आउनुमा मेरो परिवार र श्रीमानको महत्त्वपूर्ण भूमिका छ।’

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन?
त्रिशूली–३ ‘ए’मा उद्धारको समय थपिँदै, रातभर सुरुङ खन्ने तयारी
सम्बन्धित सामग्री
त्रिशूली–३ ‘ए’मा उद्धारको समय थपिँदै, रातभर सुरुङ खन्ने तयारी तीन दिनदेखि निरन्तर खोजीमा खटिएको टोलीले सुरुङभित्र पुग्ने सम्भावित ‘केबल एक्सेस टनेल’ फेला पारेको छ। उक्त मार्गबाट उद्धार टोलीले भि... आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ बाढीबाट बच्ने क्रममा नाङ्गो खुट्टामै दौडिनुपरेको र एकातिर बाढी तथा अर्कोतर्फ माथिबाट विद्युत् प्रसारण लाइन साथै रूखका हाँगा खस्दा आफ... आइतबार, भदौ १४, २०८३
के एल दुगड ग्रुपद्वारा रसुवाका बाढी प्रभावितका लागि पहिलो चरणको राहत सामग्री पठाइँदै आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय आइतबार, भदौ १४, २०८३
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? आइतबार, भदौ १४, २०८३
त्रिशूली–३ ‘ए’मा उद्धारको समय थपिँदै, रातभर सुरुङ खन्ने तयारी आइतबार, भदौ १४, २०८३
नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्