काठमाडौं- कलाकार पल शाहलाई थप अनुसन्धानका लागि नवलपुर लगिएको छ।
मंगलबार शाहलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट नवलपुर लगिएको हो। नावालिक माथि बलात्कार गरेको आरोपमा शाह १० दिन देखि प्रहरी हिरासतमा छन्।
९ दिनसम्म दमौलीमा अनुसन्धान गरेपछि उनीलाई नवलपुर लगिएको हो जहाँ उनीविरुद्ध बलात्कार अभियोगमा मुद्दा परेको छ।
नाबालिकले नवलपुरमा सुटिङका क्रममा आफूमाथि बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुरमा उजुरी गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।