काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तह चुनावका लागि घरदैलो अभियान सञ्चालन गर्ने भएको छ। फागुन २९ देखि स्थानीय तह केन्द्रित अभियान सञ्चालन हुने भएको हो।
पार्टी कार्यालय सानेपामा मंगलबार स्थानीय तह निर्वाचन केन्द्रित घरदैलो अभियान सञ्चालनबारे बैठक बसेको थियो।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुरसहितको बैठकले एक महिने घरदैलो अभियान सञ्चालन गर्ने निर्णय गर्दै केन्द्रीय प्रतिनिधिसमेत खटाएको छ। देउवाले केन्द्रीय प्रतिनिधिलाई निर्वाचन अभियान प्रभावकारी हुने गरी काम गर्न निर्देशनसमेत दिएका छन्।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय भएको छ। केन्द्रीय सदस्यहरूलाई जिल्ला तोकेर केन्द्रीय प्रतिनिधि खटाइएको हो।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय बैठकले गरेको छ। केन्द्रीय सदस्यहरूलाई जिल्ला तोकेर केन्द्रीय प्रतिनिधि खटाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।