काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहितका नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्। पोखरामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरेका हुन्।
एमाले गण्डकी प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा जसपाका ९ केन्द्रीय सदस्य, १३ जना प्रदेश पदाधिकारी तथा सदस्य, १२ जना जिल्ला सदस्यका र भातृसंगठनका तीनजना अध्यक्षसहित चार सय कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेको बताइएको छ।
यसअघि जसपाका गण्डकी प्रदेश ईञ्जार्ज गणेशमान गुरुङ एमाले प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।