काठमाडौं– नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ। पार्टीले कर्णाली प्रदेश इन्चार्जबाट शक्तिबहादुर बस्नेतलाई हटाएर कालिबहादुर मल्ललाई ल्याइको हो।
सोमबार सम्पन्न केन्द्रीय समिति बैठकले बस्नेतलाई हटाएर मल्ललाई इन्चार्ज बनाउने निर्णय गरेको हो। कर्णालीबाहेक अन्य प्रदेश इञ्चार्ज भने यथावत् राखिएको छ।
माओवादीको प्रदेश १ मा राम कार्की, मधेश प्रदेशमा गणेश साह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनी प्रदेशमा चक्रपाणि खनाल बलदेव सुदूरपश्चिम इन्चार्जमा खगराज भट्ट रहेका छन्।
पार्टीको उपत्यका प्रदेश इन्चार्जमा लीलामणि पोखरेल र प्रवास प्रदेश इन्चार्ज नारायणकाजी श्रेष्ठ रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।