काठमाडौं– हाल देशको उच्च पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली अन्यत्र मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम बदली तथा वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।
आज (मंगलबार) दिउँसो सुदूरपश्चिम, गण्डकी र प्रदेश १ अन्तरगतको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी तथा हिमाली भूभागमा अन्य स्थानमा भने आंशिकदेखि सामान्य बदली रहनेछ ।
साथै, उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।
आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।