• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १९, २०८२ Mon, Feb 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कमिटीमा चर्का कुरा, प्रचण्डको परिवारमोहमा तैं चुप मै चुप

64x64
नेपाल लाइभ सोमबार, फागुन २३, २०७८  २२:३०
1140x725

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को सोमबार सम्पन्न केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चर्को आलोचना खेपे। गत पुसमा सम्पन्न महाधिवेशनले टुंग्याउन नसकेका महासचिवलगायतका पार्टी पदाधिकारी टुंग्याउन यो बैठक डाकिएको थियो। तर, बैठकले पदाधिकारीको विषय पन्छाइदियो। त्यतिमात्र होइन, स्थायी समिति, पोलिटब्यूरो गठनलाई पनि अजेण्डा बनाएन। प्रचण्डले यिनै कारण केन्द्रीय सदस्यहरुको चर्को आलोचना खेपे। अर्को कारण भने अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) थियो जसलाई संसदबाट अनुमोदन गराउन प्रचण्डले नै अहं भूमिका खेलेका थिए।

सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले अहिले पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो बनाउन नसकिने भन्दै केन्द्रीय कार्यालयको टिम बनाएर चुनावमा जाने प्रस्तावसहित केन्द्रीय समितिमा मनोनीत हुने सदस्यहरुको नाम पढेर सुनाएलगत्तै केन्द्रीय सदस्य सुदन किरातीले उठेर पूर्वेली गीतबाट प्रतिवाद गरेका थिए। बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार पार्टीका अपूर्ण कमिटी र एमसीसीको विवादित विषय बोकेर चुनाव जित्न नसकिने भन्दै उनले प्रचण्डको प्रस्तावमा ठाडै असहमति प्रकट गरेका थिए। 

‘संगठनलाई आजैको बैठकबाट पूर्णता दिनुपर्छ। सांगठनिक अराजकताले सिमा नाघ्यो, भ्यागुताले लात हान्न थाल्यो। यस्तो संगठनले कसरी उद्देश्य चुम्न सक्छौं?’, किरातीको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘नेताहरुको झगडा हो भन्ने सुनिन्छ। यदी झगडा हो भने छिटो मिल्नुहोस्, नत्र छोड्नुहोस्। हाम्रो पार्टीको नीति हाम्फाल्ने हो, घिस्रिने होइन। घिस्रिँदा शरीरको छाला पनि बाँकी रहेन।’ 

बैठकमा किरातीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको चिना हेरिसकेको बताउँदै यस्तै प्रवृत्ति रहने हो भने माओवादी जोगाउनै मुस्किल हुनेसमेत बताएका थिए। ‘एक केन्द्रीय सदस्य एक स्थानीय तह जिताउने कार्य विभाजन गरौं। वैशाख ३१ गते समिक्षा बैठकमा भेटौं। पहिलो पार्टी त्यत्तिकै बन्छ?’, किरातीले भनेका थिए, ‘हामीले जितेको स्थानीय सरकारबाट शिक्षा, स्वास्थ्य र कृषिमा व्यापक परिवर्तन गरौं। गम्भीर प्रकृतिको रोग लागेमा स्थानीय सरकारबाटै नागरिकको निःशुल्क उपचार गरौं।’ 

किरातीलगत्तै केन्द्रीय सदस्यहरु रामदीप आचार्य, ओम शर्मा, नरबहादुर विष्ट, शशि श्रेष्ठ लगायतले बैठक हलमा उठेर प्रचण्डको प्रस्तावमा असहमति प्रकट गरेका थिए। त्यसक्रममा आचार्यले पार्टी मर्दै गएको बताउँदै जीवित बनाउनेगरी विधानबमोजिम कमिटीलाई पूर्णता दिनुपर्ने बताए। ‘पार्टी मर्दै गईरहेको छ। पार्टीलाई जीवित बनाउनु पर्‍यो। महाधिवेशनले विधान र प्रतिवेदन पारित गर्‍यो, त्यो कहाँ छ? पढ्न पाइएको छैन’ आचार्यको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘पूर्वस्थायी समिति बसेर पनि निर्णय गरेको भनियो यसबीचमा, त्यो कुनै वैधानिक कमिटी होइन। महाधिवेशनपछि त्यत्तिकै बसेको छ। पार्टी बैठक वैधानिक रुपमा चलाउनु पर्‍यो।’ 

पार्टीलाई तदर्थवादबाट मुक्त गर्नुपर्ने भन्दै आचार्यले त्यसो गर्न नसके माओवादीलाई विसर्जनतिर जानबाट कसैले रोक्न नसकेका बताएका थिए। केन्द्रीय सदस्य ओम शर्माले शीर्ष नेताहरुले नै पार्टीलाई विर्सजनतिर लगिरहेको भन्दै पार्टी रुपान्तरण शीर्ष नेतृत्वबाटै सुरु गर्नुपर्ने बताएका थिए। 

महासचिवको लफडाले विधान लथालिंग, पार्टी कमिटीबिहीन
माओवादीमा अध्यक्षपछिको शक्तिशाली पद मानिने महासचिव को बन्ला भन्ने सवाल महाधिवेशन अघिदेखि सर्वाधिक पेचिलो बनेको थियो। तर, महाधिवेशनले यसलाई टुंग्याउन सकेन। यसलाई टुंग्याउने जिम्मा केन्द्रीय समितिलाई दिइयो। सोमबार सम्पन्न भएको केन्द्रीय समिति बैठकले महासचिवसहित पदाधिकारी टुंगो लगाउने चर्चा यो बैठकको मिति तोक्दा नै भएको थियो।

तर, कम्तीमा स्थानीय तह निर्वाचनअघि माओवादी यो विषयमा प्रवेश पनि गर्ने छैन। महासचिव को बन्ने भन्ने विवाद नमिल्दा माओवादीका पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो पनि तत्काल नबनाउने निर्णय गर्दै केन्द्रीय समिति बैठक सकिएको छ। र विधानअनुसारका अन्य कुनै संरचना बनाउन नसकेर माओवादी केन्द्रीय समितिमा मात्र सीमित बन्नपुगेको छ।

Ncell 2
Ncell 2

माओवादीको महासचिवका लागि जनार्दन शर्मा, वर्षमान पुन मुख्य दाबेदारका रुपमा देखापरेका थिए। उनीहरुसँगै शक्तिबहादुर बस्नेत, पम्फा भुसाल, गिरिराजमणि पोखरेल र देव गुरुंगले पनि महासचिवमा आकांक्षा देखाएका थिए। यसरी चर्को प्रतिस्पर्धाको स्थिति बनेपछि प्रचण्डले केन्द्रीय समितिलाई पूर्णता दिएर यो विषय पन्छाउने रणनीति अबलम्बन गरेका छन्। विधानअनुसारका पार्टी पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो स्थानीय निर्वाचनपछि गठन गर्ने भन्दै उनले तत्काल दैनिक कार्य सञ्चालन गर्न केन्द्रीय कार्यालय (हेडक्वाटर) बनाएर जाने निर्णय केन्द्रीय समितिबाट गराएका छन्। 

पार्टीका धेरैजसो नेताहरु सबै कमिटी टुंगो लगाएर मात्र स्थानीय निर्वाचनमा जानु पर्ने पक्षमा थिए। सबै कमिटी टुंगो लगाएर जाँदा समय लाग्ने, त्यसले नेताहरुवीच थप विवाद बढ्दै जाने तर्क गर्दै प्रचण्डले यस्तो निर्णय गराएका हुन्। चुनावको मुखमा विवाद बढाउन नहुने र एकताबद्ध भएर चुनावमा केन्द्रित हुनुपर्ने तर्क गर्दै उनले केन्द्रीय समितिलाई पूर्णता दिने र केन्द्रीय कार्यालय बनाएर जाने निर्णयमा अन्ततः सबैलाई  सहमत गराए। प्रचण्डको निर्णयमा सहमत नभएपनि बैठकको अन्तिममा ताली बजाएर सबै केन्द्रीय सदस्य बैठक हलबाट निस्किए।

प्रचण्डको परिवारमोहमा तैं चुप मैं चुप
सोमबारको बैठकमा प्रचण्डका अन्य प्रस्तावमा चर्को प्रतिवाद गरेका माओवादी केन्द्रीय सदस्यहरुले उनले देखाएको परिवारमोहमा भने आश्चर्यजनक रुपमा मौनता देखाए। सोमबारको निर्णयपछि प्रचण्डले आफ्नै परिवारबाट चारजनालाई केन्द्रीय सदस्य बनाएका छन्। केन्द्रीय समितिबाट उनले छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई केन्द्रीय सदस्य मनोनीत गरेका छन्। यसअघि महाधिवेशन हलमा खल्तीबाट निकालेर पढेको र हलबाट अनुमोदन गराएका केन्द्रीय सदस्यको सूचीमा उनले छोरी रेणु दाहाल र बुहारी बिना मगरलाई पारेका थिए।

सोमबार छोरी र ज्वाइँलाई प्रचण्डले केन्द्रीय सदस्य मनोनीत गरेको माओवादीका कैयौं नेतालाई मन परेको छैन। केन्द्रीय समितिमा उनले यस्तो प्रस्ताव गर्दा र अन्ततः त्यो निर्णय हुँदा भने यसमा कसैले पनि प्रश्न उठाएनन्। प्रचण्डले छोरी र ज्वाइँको नाम प्रस्ताव गरेलगतै नेताहरु एकापसमा कानेखुसी मात्रै गरेको र सबैले त्यसमा समर्थन गरेको एक केन्द्रीय सदस्यले बताए। ‘पार्टी अध्यक्षले नै आफ्नै परिवारबाट चार जना केन्द्रीय सदस्य बनाएकोमा धेरै नेताहरु खुसी छैनन्। तर, बाहिर बोल्ने आँट कसैले गर्दैनन्। अध्यक्ष आफैले बुझ्नुपर्ने हो तर, उहाँलाई यसमा कुनै संकोच छैन’, ती केन्द्रीय सदस्यले भने, ‘अध्यक्षले नै पार्टीमा परिवारवादमा मौलाउनुभयो। कम्युनिस्ट पार्टीमा यस्तो हुनु निकै लाजमर्दो हो। बाहिर हामीले यसलाई के भनेर प्रतिवाद गर्ने, केही शब्दै छैन।’

उनले सोमबार मनोनीत गरिएका केन्द्रीय सदस्यमध्ये अरु कैयौं पनि कुनै न कुनै लाभको पदमा भएको बताए। तिनैलाई केन्द्रीय सदस्य बनाएपछि पार्टी अध्यक्षको प्रतिरक्षामा बोल्ने शब्द नै नभएको टिप्पणी उनले गरे। तर, प्रचण्डनिकट अर्का केन्द्रीय सदस्यले भने अध्यक्षलाई नै केन्द्रीय सदस्य मनोनीत गर्न अरु नेताहरुले भनेको दाबी गरे। ‘आफ्नो परिवारका यो यो मान्छेलाई केन्द्रीय सदस्य बनाऔं भनेर प्रचण्ड आफैले प्रस्ताव गर्नुहुन्न। पार्टी नेताहरुलाई आफ्नो खल्तीको मान्छेलाई केन्द्रीय सदस्य बनाउनुपर्ने हुन्छ। त्यसैले उनीहरु नै प्रचण्डलाई परिवार र आफना खल्तीका नेतालाई केन्द्रीय सदस्य बनाऔं भनेर प्रस्ताव गर्छन्’ ती केन्द्रीय सदस्यले भने, ‘त्यसपछि प्रचण्डले पार्टी कमिटीबाट आएको प्रस्ताव हो, ठिकै होला भन्ने ठान्नु हुन्छ।  खल्तीका नेतालाई केन्द्रीय सदस्य बनाएको उहाँले चाल पाउनुहुन्न। केन्द्रीय सदस्य भइसकेपछि चाल पाएपनि बोल्ने ठाउँ हुन्न।’ तर, आफ्नो परिवारका सदस्यलाई केन्द्रीय सदस्य बनाउँदा पार्टीलाई कति क्षति पुग्छ भन्ने हेक्का प्रचण्डले राख्न नसक्नु भने दुःखद भएको उनले बताए। 

माओवादी नेता वर्षमान पुन भने सशस्त्र विद्रोहमा कुनै न कुनै रुपमा योग्दान गरेकाले प्रचण्डको परिवारबाट केन्द्रीय सदस्य बनाइएको दाबी गर्छन्। ‘पार्टी केन्द्रीय समितिमा स्वाभाविक रुपमा त्याग र गरेका बलिदान गरेका, लडेका साथीहरु आउनु भएको छ। पार्टी कमिटीमा नल्याएर उहाँहरुमाथि अन्याय गर्नु भएन’, पुनले भने, ‘हामीले सबै कलस्टरमा गरेर कमिटीलाई पूर्णता पनि दिएका छौं। त्यसको विकासमा समय लाग्छ। शान्ति प्रक्रियामा आएको १५ वर्षपछि युद्ध नलडेका नेताहरु पनि ल्याएका छौं।’ 

यसको बचाउमा उनले कोइराला परिवारको उदाहरण पनि दिए। ‘कुनै समय कोइराला परिवारको वरिपरि कांग्रेस पार्टी हुन्थ्यो। उनीहरुका परिवारका सदस्य धेरै संगठित हुन्थे। कोइराला परिवाकै आप्रवास जाने, जेल जाने र योगदान गर्ने हुन्थे। पार्टी शक्तिमा आएपछि प्रायः कमिटीमा कोइराला परिवारका मात्रै जस्तो देखिन्थ्यो’, पुनले भने, ‘तर, पछि विस्तारै कांग्रेसमा नयाँ नयाँ कार्यकर्ता र नेताहरु जोडिन पुगे।’ उनले माओवादीमा पनि विस्तारै यो अवस्था सुधार हुँदै जाने दाबी गरे। 

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  २२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संसद्‌मा पहिलोपटक प्रधानमन्त्रीको सम्बोधन, के भनिन् ? (पूर्णपाठ)
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
राष्ट्रिय सभाको बैठकमा दुई प्रतिवेदन पेस
सम्बन्धित सामग्री
राष्ट्रिय सभाको बैठकमा दुई प्रतिवेदन पेस सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधाय... सोमबार, माघ १९, २०८२
निष्पक्ष निर्वाचनका लागि प्रहरीको भूमिका निर्णायक छ : प्रधानमन्त्री कार्की काठमाडौंमा सोमबार नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनी... सोमबार, माघ १९, २०८२
राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानीका लागि आह्वान नेपाल र जापान बिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आज आयोजित जापानका व्यापारिक समुदायका सदस्य... सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
संसद्‌मा पहिलोपटक प्रधानमन्त्रीको सम्बोधन, के भनिन् ? (पूर्णपाठ) सोमबार, माघ १९, २०८२
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार सोमबार, माघ १९, २०८२
राष्ट्रिय सभाको बैठकमा दुई प्रतिवेदन पेस सोमबार, माघ १९, २०८२
निष्पक्ष निर्वाचनका लागि प्रहरीको भूमिका निर्णायक छ : प्रधानमन्त्री कार्की सोमबार, माघ १९, २०८२
झापा प्रशासनको निर्देशन :  कसलाई भोट दिने भनेर सामाजिक सञ्जालमा नसोध्नू सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्