काठमाडौं– नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
यही फागुन २५ र २६ गते (बुधबार र बिहीबार) बस्नेगरी केन्द्रीय कमिटीको तेस्रो बैठक आह्वान भएको एकीकृत समाजवादीले जनाएको छ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पेस हुनेछ। यस्तै, स्थानीय तहको निर्वाचन तयारी र एमसीसीको व्याख्यात्मक घोषणाको समीक्षा गरिनेछ।
कार्की बैंक्वेट बबरमहलमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र संगठनात्मक संरचना लगायतका विषय पनि अजेन्डा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।