काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले एमसीसी सम्बन्धमा पार्टीले लिएको निर्णयको प्रतिरक्षा गर्नुपर्ने निर्णय गरेको छ।
'एमसीसीको विषयमा केन्द्रीय कार्यालयबाट लिइएको निर्णय लागू पनि भइसकेको छ। त्यसलाई सबैले डिफेन्ड गरेर जाने, त्यसअनुसार पार्टीको नीति निर्धारित हुनेछ, त्यसअनुसार हामी जान्छौँ', बैठकपछि नेता वर्षमान पुनले बताए।
त्यसैगरी, एमसीसीमा भएको मतभेदलाई सम्मानजनक ढंगले पार्टी केन्द्रमा दर्ज गरेर राख्ने र स्थानीय निर्वाचनलगत्तै अर्थात् आगामी जेठ २० गते केन्द्रीय समितिको बैठक आयोजना गरेर व्यापक छलफल गर्ने र एउटा टुंगोमा पुग्ने निर्णय पनि गरिएको छ।
'केन्द्रीय समितिले निर्वाचनकेन्द्रित कार्यक्रम बनाएको छ। दुई महिने अभियान। केन्द्रीय सदस्यहरु सबैलाई प्रदेश, जिल्ला र पालिकाहरुमा केन्द्रित गर्ने निर्णय भएको छ', पुनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।