काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा ९७ जना सदस्य थपिएका छन्। शुक्रबारदेखि जारी बैठकको अन्तिम दिन सोमबार ती सदस्यहरु थपिएका हुन्।
'महाधिवेशनले टुंग्याएको विधान अनुसार ९७ जना केन्द्रीय सदस्यको मनोयनन र बाँकी ठाउँहरु पूरा गर्नु थियो। त्यो पूरा गरिएको छ', बैठकपछि नेता वर्षमान पुनले जानकारी दिए।
उनले महाधिवेशनप्रति जिम्मेवार रहँदै २५ प्रतिशतमा नबढ्ने गरी वैकल्पिक केन्द्रीयको व्यवस्था पनि गरिएको बताए। तर, ती वैकल्पिक केन्द्रीय सदस्यचाहिँ आगामी केन्द्रीय समितिको बैठकबाट टुंगो लगाउने उनको भनाइ छ।
पुसमा सम्पन्न आठौं महाधिवेशनको बेलामा २४७ जनाको केन्द्रीय समिति घोषणा गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।