काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ। शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेपछि बैठक स्थगित गरिएको थियो।
केन्द्रीय सदस्यका आकांक्षी धेरै भएपछि सहमति जुटाउन शीर्ष नेताहरू परामर्शमा जुटेका थिए। जारी केन्द्रीय समिति बैठकमा ९७ जना केन्द्रीय सदस्य थप्ने अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रस्ताव परेका थिए। तर, आकांक्षी धेरै देखिएपछि शीर्ष नेताहरूले थप छलफल गरेका थिए।
शीर्ष नेताहरूले अन्तिम रुप दिएपछि सोही नामलाई बैठकले अनुमोदन गर्नेछ। प्रचण्डले आफ्नी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई पनि केन्द्रीय सदस्यमा प्रस्ताव गरेका छन्।
शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठक आज सक्ने माओवादीको तयारी छ। बैठक शनिबार र आइतबार भने बसेको थिएन। पदाधिकारी नटुंग्याएरै बैठक सक्ने माओवादीको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।