फाइल तस्बिर।
काठमाडौं– नेकपा माओवादी केन्द्रमा केन्द्रीय सदस्यका आकांक्षी धेरै भएपछि सहमति जुटाउन शीर्ष नेताहरूलाई समस्या परेको छ।
जारी केन्द्रीय समिति बैठकमा ९७ जना केन्द्रीय सदस्य थप्ने अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रस्ताव परेका थिए। तर, आकांक्षी धेरै देखिएपछि अहिले शीर्ष नेताहरू छलफलमा जुटेका छन्।
केन्द्रीय सदस्यहरूको नामावलीलाई अन्तिम रुप दिन नेताहरू छलफलमा जुटेका हुन्। प्रचण्डले आफ्नी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई पनि केन्द्रीय सदस्यमा प्रस्ताव गरेका छन्।
शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठक आज सक्ने माओवादीको तयारी छ। बैठक शनिबार र आइतबार भने बसेको थिएन। पदाधिकारी नटुंग्याएरै बैठक सक्ने माओवादीको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।