काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पोलिटब्यूरो बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन्।
सोमबार काठमाडौंमा सुरु एकीकृत समाजवादीको प्रथम पोलिटब्यूरो बैठकमा अध्यक्ष नेपालले १३ पृष्ठ लामो प्रतिवेदन पेस गरेका हुन्।
अध्यक्षको राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजनासहितका विषय समेटिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदनमा अहिलेसम्मको संगठनात्मक अवस्था, एमसीसीको समीक्षा, व्याख्यात्मक विश्लेषण, पछिल्लो राजनीतिक घटनाक्रम, आगामी निर्वाचन तयारी लगायतका विषय समेटेर प्रतिवेदन तयार पारेका हुन्।
बैठकले २५ गते बस्ने केन्द्रीय कमिटी बैठकको अजेण्डा तय गर्ने खतिवडाले बताए।
‘२५ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ। नीति तय गर्नेछ। पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। राजनीतिक प्रतिवेदन र आगामी कार्ययोजना सहितको प्रतिवेदनमा समावेश गरिएको छ। तिनै विषयमा छलफल हुनेछ। सामान्यतया राय, सल्लाह, सुझाव लिइनेछ। नीतिगत मार्गदर्शन प्राप्त गरिनेछ। त्यसैलाई परिमार्जन गरेर पार्टीको केन्द्रीय कमिटी बैठकमा यसलाई लगिनेछ' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।