काठमाडौं- परराष्ट्रमन्त्री नारायण खड्काले चीनतर्फको नेपाली नाका बन्द रहेकोमा अब क्रमश खुल्दै जाने बताएका छन्।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले कोभिड-१९का कारण सीमानाकाहरु बन्द रहेको र अब विस्तारै चीनले खुला गर्ने बताए।
‘चीनसँगको नाका खोल्ने विषय अब कोभिड कम हुँदै गएकाले विस्तारै सुरु हुन्छ’ उनले भने ‘यसका लागि पहलसमेत भएकाले अब खुल्छन्।’
उत्तरी क्षेत्रमा सीमा मिचिएकोबारे गरिएको अध्ययन प्रतिवेदन किन सार्वजनिक भएन भन्ने पत्रकारको प्रश्नमा भने उनले स्पष्ट जवाफ दिन चाहेनन्। उनले उक्त विषयमा दुई देशकाबीचको सम्बन्ध र आपसी वार्ताका क्रममा राख्ने भन्दै त्यसलाई टारे। हुम्लाको नाम्खा गाउँपालिकाको सिमा क्षेत्र चिनियाँ पक्षले मिचेर भवन बनाएको भन्दै बिरोध भएपछि सरकारले समिति गठन गरेको थियो। उक्त समितिले प्रतिवेदन बुझाएको भए पनि त्यसलाई परराष्ट्र मन्त्रालयमा गोप्य राखिएको छ।
उनले चीनसँगको सीमा बारे नेपालले आन्तरिक प्रयोजनका लागि अध्ययन गरिएको दाबी गर्दै प्रतिवेदन सार्वजनकि गर्नेबारे बताउन चाहेनन्।
नेपाल र चीनबीच लामो समयदेखि सम्बन्ध रहेको भन्दै उनले वार्ताका क्रममा त्यसबारे कुरा गर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।