काठमाडौं- परराष्ट्र मन्त्रालयले अब नियमित रुपमा पत्रकार सम्मेलन गर्ने भएको छ।
सोमबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री नारायण खड्काले अब नियमित रुपमा मन्त्रालयले पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिएका हुन्।
उनले पत्रकारसम्मेलनले देशको परराष्ट्र नीति, राष्ट्रिय हित लगायतका विषयलाई स्पष्ट पार्न सहयोग पुग्ने बताए। उनले संविधान र प्रचलित कानुन र संयुक्त राष्ट्रसघको वडापत्र समेतलाई ख्याल गरेर पत्रकार सम्मेलन गरिने बताए।
परराष्ट्र मन्त्री खड्काले एमसीसी लगायका विषयमा मन्त्रालयको भूमिका प्रभावकारी रहेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।