• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
‘अर्ली इलेक्सन’ बहस

प्रमुख निर्वाचन आयुक्त भन्छन्– सरकारले घोषणा गरे हामी तयार छौं 

64x64
नेपाल लाइभ सोमबार, फागुन २३, २०७८  १६:५१
1140x725

काठमाडौं– सत्ता गठबन्धनभित्र अर्ली इलेक्सन (कार्यकाल सकिनु अघि नै निर्वाचन) को बहस सुरु भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेता रामचन्द्र पौडेललगायतले अर्ली इलेक्सनको बहस थालेका छन्। 

अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा विघटन गर्दा विपक्षमा उभिएका नेताहरूले नै अहिले प्रतिनिधि सभा विघटन र अर्ली इलेक्सनको तर्क अघि सारेपछि आमचासो बढेको छ।

प्रचण्डले केही दिन पहिले बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा अर्ली इलेक्सनको कुरा राखेका थिए। त्यसपछि सत्ता गठबन्धनका सबै दलका नेताहरुले क्रमशः त्यही पक्षमा खुलेर बोल्न थालेका छन्। प्रचण्डपछि कांग्रेस नेता पौडेल, महामन्त्री थापा हुँदै आइतबार एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि ‘अर्ली इलेक्सन’का पक्षमा मत प्रकट गरे। संसद् भवनबाहिर प्रतिक्रिया दिँदै नेपालले अर्ली इलेक्सनको कुरा मात्रै गरेनन्, तीनै तहको निर्वाचन प्याकेजमै गर्नुपर्ने प्रस्ताव अघि सारे।

वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भइसकेको छ। निर्वाचन आयोग त्यसको तयारीमा तीव्र गतिमा लागिरहेका बेला सत्ता गठबन्धनका नेताहरूले अर्ली इलेक्सनको बहस छेडिरहेका छन्। नेपालले यसअघि गठबन्धनको बैठकमा पनि ‘निर्वाचन प्याकेज’का पक्षमा आफ्नो रुचि देखाएका थिए। तर, सत्ता गठबन्धनको यस्तो तयारीबारे सबैतिबाट आलोचना भएपछि सरकारले आउँदो वैशाख ३० गते निर्वाचनको मिति घोषणा गरेको थियो।  

वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने हो भने संवैधानिक संकट आउनुका साथै साउनदेखि स्थानीय तहले बजेट नै ल्याउन नसक्ने भएपछि सरकार र सत्ता गठबन्धन निर्वाचन घोषणा गर्न बाध्य भएको थियो।

अहिले सत्ता गठबन्धनभित्र अर्ली इलेक्सनको बहस चलिरहँदा निर्वाचन आयोग भने स्थानीय तहको निर्वाचन तयारीमा व्यस्त छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिले आयोग स्थानीय निर्वाचनको तयारीमा केन्द्रित भएकाले अन्य कुरामा ध्यान नदिएको बताए। तर, सरकारले अर्ली इलेक्सनको मिति घोषणा गरे निर्वाचनका लागि भने तयार रहेको बताए। निर्वाचनको मिति सरकारले घोषणा गर्ने भएकाले गर्न सक्ने र आयोग निर्वाचनकै काम गर्ने भएकाले जुनसुकै समयमा पनि तयार रहेको उनले बताए। 

‘आयोगको काम नै निर्वाचन गर्ने हो। त्यसैले सरकारले घोषणा गरेमा हामी तयार नै छौं’, प्रमुख आयुक्त थपलियाले भने, ‘तर, प्राविधिक कुराहरु मिलाएर घोषणा गर्न उपयुक्त हुन्छ। आयोगसँग छलफल भए हामी यही सुझाव दिन्छौं।’ 

उनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आयोगलाई २० देखि २५ हजार मतपेटिका चाहिने बताए। स्थानीय निर्वाचनमा एउटा मात्र मतपत्र हुने तर, प्रतिनिधि सभा र प्रदेश सभाको चार वटा मतपत्र निर्माण गर्नुपर्ने भएकाले त्यसको तयारीमा समय लाग्ने उनले बताए। 

nimb
nimb

मतपत्र लामो हुने भएकाले धेरै मतपेटिका आवश्यक हुने र त्यसको तयारी गर्न करिब १०० दिन समय आवश्यक हुने भन्दै उनले यसलाई ख्याल गरेर निर्वाचन घोषणा गरेमा आफूहरु तयार नै रहेको बताए। 

‘हामी अर्को निर्वाचनका लागि लगभग तयारीमै छौं। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकैपटक गर्दा खर्च पनि कम हुन्छ’, थपलियाले भने, ‘निर्वाचन गर्ने हो भने दुई वटा मिति उपयुक्त हुन्छ। एउटा असोजको पहिलो साता, अर्को कात्तिकको अन्तिम साता र मंसिरको पहिलो साता उपयुक्त समय हुन्छ।’ 

निर्वाचन आयोगसँग सरकारले अहिले कुनै परामर्श नगरेपनि यो समय भौगोलिक र सांस्कृतिक रुपले निर्वाचनका लागि उपयुक्त रहेको थपलिया बताउँछन्। 

नेपालको सन्दर्भमा असोजको १५–२० गते उपयुक्त मिति भएको थपलियाको सुझाव छ। नेपालीहरुको ठूलो चाड दशैंको घटनस्थापनाभन्दा अगाडि नै यस्तो निर्वाचन सक्नेगरी घोषणा हुनुपर्ने उनको भनाइ छ। 

अर्को उपयुक्त मिति भनेको कात्तिक २७ देखि मंसिरको १० सम्म रहेको उनी बताउँछन्। 

‘सरकारले मिति घोषणा गर्‍यो भने सक्दिनँ भन्न मिल्दैन। तर, साउनको १५ मा निर्वाचन गर्छु भनेर हुँदैन नि!’, उनले भने, ‘यी दुई मितिमा नेपालीको चार्डपर्व समेत नपर्ने भएकाले सम्भव देखिन्छ। हामीकहाँ ठूलो एकादशीको दिन निर्वाचन पर्दा तीन दिन सारिएको इतिहास छ।’ उनले आजभोलि नै घोषणा गर्ने हो भने दशैँअघि उपयुक्त मिति हुनसक्ने बताए। 

स्थानीय तह निर्वाचनबारे के गर्दैछ आयोग? 
आयोग स्थानीय तह निर्वाचनको तयारीमा तीव्र गतिमा लागेको प्रमुख निर्वाचन आयुक्त थपलिया बताउँछन्। आयोगले मतपत्र छपाईदेखि अन्य खरिदको प्रक्रिया अघि बढाएको र वैशाखदेखि मतदाता शिक्षासहित अन्य कार्य अघि बढ्ने उनले बताए। प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको नामावली प्राप्त भएको र सुरक्षा व्यवस्थाका लागि पनि छलफल भइरहेको उनले बताए। 

‘स्थानीय तहको निर्वाचन ७ अर्बमै सक्ने तयारीमा हामी छौं’, उनले थपे, ‘विगत पाँच वर्षको तुलनामा सबैको मूल्य बढेको छ। भत्ता, ढुवानी खर्च पनि बढेको छ। तर, हामी सोचेभन्दा कम खर्चमा सक्ने तयारीमा छौ।’ उनले अहिलेको तुलनामा केन्द्रीय निर्वाचनमा कम खर्च हुने बताए। 

स्थानीय तहको निर्वाचन रोकिनसक्ने आशंका भइरहेकोबारे उनले स्थानीय तहको निर्वाचन अब आयोगका तर्फबाट नरोकिने प्रष्ट पारे। 

‘अब स्थानीय तहको निर्वाचन रोकिने अवस्था छैन। संविधानले पनि यो दिँदैन’, थपलिया भन्छन्, ‘अहिले मुद्दामामिला समेत छैन। संविधानले पनि तोकेको अवधि हो। आयोगले सबै तयारी गरेको छ।’ 

अहिले निर्वाचन हुन नसकेमा लामो समयसम्म हुन नसक्ने आशंका रहेको र संवैधानिक रुपमा समेत अप्ठ्यारो अवस्था आउनेमा सरकार र राजनीतिक दलहरुलाई जानकारी भएकाले घोषित मितिमौ निर्वाचन हुनेमा थपलिया ढुक्क देखिन्छन्। 

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १६:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : प्रधानमन्त्रीले दिए पाँचौं दिनको रिपोर्ट, सरकारले गरेका आठ बुँदे कामको फेसबूकबाट प्रचार
भोटेकोशी बाढी : राहत र उद्धारका लागि कुन राजनीतिक दलले कति सहयोग गरे?
भारतबाट आएको सुरुङ विज्ञ टोली र नेपाली सेनाको टोलीले चिलिमेको सुरुङबाट दुई शव निकाले
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : प्रधानमन्त्रीले दिए पाँचौं दिनको रिपोर्ट, सरकारले गरेका आठ बुँदे कामको फेसबूकबाट प्रचार उनले आइतबार साँझ आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट पाँचौं दिनसम्म आइपुग्दा बाढी प्रभावित क्षेत्रमा सरकारले गरिरहेका कामकारबाहीबारे जान... आइतबार, भदौ १४, २०८३
बालेन सरकारबारे बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिले गरे रविसँग गुनासाे छलफलमा प्रभावित जिल्लाका प्रतिनिधिहरुले सरकार र प्रधानमन्त्रीको कामकारबाहीबारे सभापति लामिछानेसँग गुनासो पोखेका छन् । आइतबार, भदौ १४, २०८३
बाढीपीडितको उद्धार र राहतमा रास्वपा २४ घण्टा खटिरहेको छ : प्रवक्ता खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि खोजी, उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राखेर पार्टीका नेता तथा कार्यकर... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : प्रधानमन्त्रीले दिए पाँचौं दिनको रिपोर्ट, सरकारले गरेका आठ बुँदे कामको फेसबूकबाट प्रचार आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढी : राहत र उद्धारका लागि कुन राजनीतिक दलले कति सहयोग गरे? आइतबार, भदौ १४, २०८३
भारतबाट आएको सुरुङ विज्ञ टोली र नेपाली सेनाको टोलीले चिलिमेको सुरुङबाट दुई शव निकाले आइतबार, भदौ १४, २०८३
बालेन सरकारबारे बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिले गरे रविसँग गुनासाे आइतबार, भदौ १४, २०८३
विपद्पछि एनसेलका २४ मोबाइल टावर सञ्चालनमा, तीन साइट अझै बन्द आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्