काठमाडौं– राप्रपा नेपालले संगठन विस्तारलाई तिब्रता दिएको छ। पछिल्लो समय जनवर्गीय संगठनसँगै विभिन्न जिल्ला समितिहरू धमाधम गठन भइरहेका छन्।
यो क्रममा राप्रपा नेपालनिकट कार्यकर्ताहरूको भेलाले पार्टीको गोरखा जिल्ला अध्यक्षमा कुलबहादुर बस्नेत र महोत्तरी जिल्ला अध्यक्षमा यानिखर गौतमलाई सर्वसम्मत चयन गरेको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ।
बस्नेतको अध्यक्षतामा ६३ सदस्यीय गोरखा जिल्ला कार्य समिति गठन भएको छ भने गौतमको अध्यक्षतामा ५३ सदस्यीय महोत्तरी जिल्ला समिति गठन भएको छ।
जनवर्गीय संगठनहरुमा युवक र विद्यार्थीको नेतृत्वको जिम्मेवारी क्रमशः कैलाश कटुवाल र कमल बम रजवारले प्राप्त गरेका छन्।
भोलि फाल्गुन २४ गते महिला संगठन केन्द्रीय समिति घोषणा सभाको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए। उनले २८ गते राष्ट्रिय युवा मोर्चाको घोषणा हुने समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।