काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक ११ बजेदेखि सुरु हुने भनिए पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समयमै बैठकमा नपुगेपछि नेताहरुले कुरिरहेका छन्।
विहान ११ बजेदेखि सुरु हुने भनिएको केन्द्रीय समिति बैठक पौने १२ बजेसम्म पनि पार्टी अध्यक्ष प्रचण्ड बत्तिसपुतलीको अनुपम पार्टी प्लेसमा नपुगेपछि बैठक सुरु हुन नसकेको एक नेताले बताए।
बैठक ११ बजेदेखि सुरु भनिएपछि सबै केन्द्रीय सदस्य समयमै हलमा पुगिसकेका थिए। तर पार्टी अध्यक्ष प्रचण्ड समयमै बैठकमा नपुगेपछि नेताहरु उनलाई कुरेर बसेका छन्।
गत शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक शनिबार र आइतबार स्थागित भएको थियो। सोमबार सारिएको बैठकमा पनि प्रचण्ड समयमै पुगेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।