• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

काठमाडौंमा दलित सांसदका चार वर्ष : चार ठाउँमा डेरा, कहिले निकाल्छन् टुंगै नहुने 

64x64
धनु विश्वकर्मा मंगलबार, फागुन २४, २०७८  ०९:३५
1140x725

काठमाडौं- ‘सांसद भई सपथ लिएको चार वर्ष पुगेछ। कोठा पनि चार ठाउँ सारियो। रहरले होइन बाध्यताले। एउटा सांसद र घरबेटीको कथा, कोठा खोज्न हिँड्यो नामथर सुरुमा सोध्छन्। अनि अहिलेको बाठो घरबेटी सांसद भन्नासाथ मान्छे बढी आउँछन्, नेतालाई नदिने भन्छन्। घुमाउरो पाराले जात थाहा पाएपछिको पन्छाउने तरिका। केही गरी कोठा पायो केही दिनपछि बहाना सुरु, मान्छे बढी आउन थाले मर्मत वा आफन्त आउने। यस्तैयस्तै कुराले पिरोलेको मन...’

प्रतिनिधिसभाकी सांसद आशा विकले केही दिनअघि फेसबुकमा राखेको स्टेटसको अंश हो यो।

उनी सुदूरपश्चिमको दुर्गम जिल्ला बझाङकी हुन्। २०७४ सालमा समानुपातिक सांसद निर्वाचित भइन्। त्यही वर्ष फागुनमा पहिलो पटक काठमाडौं टेकिन्।

काठमाडौं आएपछि मध्यबानेश्वरमा डेरा बसिन्। त्यस घरमा बझाङकै एक जना नेता बस्थे। त्यसैले डेरा खोज्ने झन्झट गर्नु परेन। त्यहीँ बसिन्। थर र जात पनि लुकाउनु परेन।

हुन त त्यति बेलासम्म उनलाई डेरा खोज्न थर र जात लुकाउनुपर्छ भन्ने थाहै थिएन।

बसिरहेको कोठा बिस्तारै उनलाई साँघुरो हुँदै गयो। नेता र सांसदलाई भेट्न आउने र पाहुना लाग्नेको संख्या धेरै हुनु स्वाभाविक हो। साँघुरो  भएपछि उनले कोठा सर्नुपर्ने भयो। आफैं कोठा खोजेर हिँड्ने समय थिएन। अनि, कोठा भाडामा खोजिदिने व्यक्तिहरूसँग समन्वय गर्न थालिन्।
उनलाई लाग्थ्यो– काठमाडौं शिक्षित र सभ्य मानिस बस्ने ठाउँ हो, त्यसैले जातीय छुवाछुत नहोला। डेरा पाउन समस्या हुँदैन होला।

उनले डेरा खोजिदिने व्यक्तिलाई आफ्नोबारे सबै विवरण दिइन्। ती व्यक्तिले पुरानो बानेश्वर क्षेत्रमा हुम्लाका कांग्रेस निकट नेता बस्ने घरमा डेरा भेटाए।

ती व्यक्तिले डेरा भेटिदिन हम्मे परेको सुनाए। उनको भनाइ उधृत गर्दै आशा विक भन्छिन्, ‘दिदी तपाईंको जातको मान्छेलाई काठमाडौंमा डेरा दिनै मान्दैनन्। सबै कुरा मिल्छ, थर भनेपछि आनाकानी सुरु हुन्छ। भोलि घरसल्लाह गरेर भनौँला भन्छन् र आफैंलाई चाहिने भनेर खबर गर्छन्।’

Ncell 2
Ncell 2
nimb
nimb

दोस्रो पटक कोठा भाडामा खोज्दा पनि उनले यस्तै समस्या भोगिन्।

उक्त ठाउँबाट सर्नुपर्ने भएपछि फेरि तिनै व्यक्तिसँग सम्पर्क गरिन्। फेरि पनि उनले मुस्किलले कोठा भेटाएको बताए। आशा भन्छिन्, ‘कोठा खाली नै हुन्छ। देखाउँछन् पनि। तर, जब थर सोध्छन्, अनि अनेक बहाना बनाउन थाल्छन्। काठमाडौंमा कोठा पाउन एकदम समस्या छ।’

कोठामा बसिसकेपछि पनि दलित भएकै कारण घरबेटीले सर्नका लागि भनेको तीतो अनुभव पनि उनीसँग छ। उनी संसद बैठकमा वा कार्यक्रमतिर जाँदा उनका श्रीमान् कोठामा नै हुन्थे। भेटघाटका लागि आउने मान्छे पनि हुन्थे। पाहुना पनि आइरहन्छन्। अनि घरबेटीले उनका श्रीमानसँग आफैंलाई कोठा चाहिने हुनाले सरिदिन भन्थे। ‘उनीहरूले अनेक बहाना बनाएर कोठा सर्न भन्छन्। तर, भनेको बेला कोठा कहाँ पाइन्छ र? फेरि कोठा खाली भए पनि दलितलाई दिँदैनन्। काठमाडौंमा बस्नै गाह्रो छ,’ उनी भन्छिन्।

अहिले उनी पछिल्लो पटक कोठा सरेको दुई महिना भयो। चार वर्षमा चौँथो पटक डेरा सरेकी हुन्। उनीसँगै सांसद विमला विकलाई पनि कोठा चाहिएपछि दुवै जना खोजीमा थिए। संसद भवन नजिक हुनेगरी थापागाउँ, अनामनगर, मैतीदेवी, नयाँ बानेश्वर क्षेत्रमा कोठा चाहिएको थियो। यसपटक पनि उनीहरूले मुस्किलले कोठा पाएका छन्। तर, कहिले निस्किनुपर्ने हो ठेगान छैन।

Xtrem

Xtrem

दलित मात्र नभएर नेताहरूलाई पनि काठमाडौंका घरबेटीले डेरा नदिने उनको अनुभव छ। ‘नेता भनेपछि पनि काठमाडौंमा कोठा दिँदैनन्,’ उनी भन्छिन्, ‘मान्छे धेरै आउँछन्, भिड नै लाग्छ, घर फोहोर हुन्छ, पानी पुग्दैन, होहल्ला हुन्छ भन्ने जवाफ पाइन्छ।’

अचेल त भाडामा कोठा खोजिदिने व्यक्तिले समेत आनाकानी गर्न थालेको उनी बताउँछिन्। ‘तपाईंको थरको मान्छेलाई कोठा चाहिएको भन्दा घरबेटी नाक खुम्च्याउँछन्, हाम्रो त पेसा नै धरापमा पर्छ भन्न थालेका छन्,’ उनले भनिन्, ‘ती भाडामा कोठा खोज्ने व्यक्तिले बरु यस्तो समस्या संसदमै उठाउन सुझाव दिन्छन्। तपाईं त ठाउँमा हुनुहुन्छ, बोल्नुस् बरु भनेर भन्छन्।’

यो सबै समस्या जातव्यवस्थाको कारण भएको आशा विक बताउँछिन्। ‘पूर्वीय समाजको यो तहगत संरचना हेर्दा सिंगो दलित समुदाय दमनमा परेको हजारौँ वर्ष भइसकेको हुनुपर्छ। आजको वैज्ञानिक युगमा पनि त्यसकै निरन्तरता छ,’ उनी भन्छिन्, ‘हामी नीतिनियम बनाउने र बोल्ने ठाउँमा भएका व्यक्ति त विभेदमा परेका छौँ भने दूरदराजको अवस्था के छ भनेर अनुमान लगाउन सकिन्छ।’

छुवाछुत र विभेदविरुद्धको कानुन कडाइका साथ पालना गराउनुपर्ने उनी बताउँछिन्। शिक्षा दिएर मात्र विभेद र छुवाछुत नहट्ने हुनाले चेतनाकै तहमा काम गर्नुपर्ने उनको भनाइ छ। त्यसका लागि हाम्रा संस्कृति र संस्कारलाई सुधार गर्नुपर्ने उनले बताइन्।

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  ०९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्