काठमाडौं- भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित गाम्चामा श्रीमानले श्रीमतीलाई एसिड प्रहार गरेका छन्।
महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी शिव बस्नेतका अनुसार आइतबार साँझ ६५ वर्षीय श्यामकुमार गुभाजुले आफ्नी श्रीमतीलाई एसिड प्रहार गरेका हुन्। एसिड प्रहारबाट उनकी श्रीमतीको अनुहार जलेको छ।
घाइतेको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको एसपी बस्नेतले जानकारी दिए। एसिड प्रहार गर्ने गुभाजुलाई प्रहरीले पक्राउ गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।