प्रतिकात्मक तस्बिर
काठमाडौं– काठमाडौंको बाफल क्षेत्रबाट २ जना युवक १ करोड ५० लाख रुपैयाँ नगदसहित पक्राउ परेका छन्। पक्राउ परेकाहरु हुण्डी कारोबारी हुनसक्ने प्रहरीले जानकारी दिएको छ।
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बाफल क्षेत्रबाट अमित अग्रवाल र बिक्की खड्गीलाई १ करोड ५० लाख रुपैयाँसहित पक्राउ गरेको हो।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरका अनुसार पक्राउ परेका बिक्की खड्की नेपाली नागरिक हुन भने अमित अग्रवाल भारतीय नागरिक हुन्।
उनीहरूले नक्कली गरगहनाको कारोबार गरेको समेत खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको एसएसपी कुँवरले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।