काठमाडौं– ललितपुरको सितापाखामा एउटा टिनको टहरामा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुको साथबाट झन्डै ४ लाख रुपैयाँ नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ सितापाखास्थित एक बहादुर रानाले बनाएको जस्ताको टहरामा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले २३ जनालाई पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरुको साथबाट नगद ३ लाख ८५ हजार ३३० रुपैयाँ, तास बुक र तास खेल्का लागि विच्छाएको गलैँचा र म्याटेस समेत प्रहरीले बरामद गरेको छ।
यी हुन् पक्राउ पर्ने व्यक्तिहरु:
१) गोरखाको शहीद लखन गा.पा. वडा नं. ४ घर भइ हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–४ सितापाखा बस्ने ३३ वर्षीय तेज बहादुर थापा।
२) सिन्धुपाल्चोकको ठुलोपाखा घर भइ हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ सितापाखा बस्ने ४३ वर्षीय गणेश बहादुर श्रेष्ठ।
३) ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–४ सितापाखा घर भएका ४० वर्षीय मनोज विष्ट।
४) ललितपुर जिल्ला महालक्ष्मी–४ सितापाखा घर भएका ४६ वर्षीय रबिन्द्र दाहाल।
५) ललितपुर जिल्ला महालक्ष्मी–४ सितापाखा घर भएका ४० वर्षीय गणेश राउत।
६) ललितपुर जिल्ला महालक्ष्मी–४ सितापाखा घर भएका ४५ वर्षीय अशोक राउत।
७) गोरखाको शहीद लखन गा.पा. वडा नम्बर ४ घर भइ हाल ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं. ४ सितापाखा बस्ने ४५ वर्षीय रामचन्द्र थापा।
८) तनहुँको भानु न.पा. १३ घर भइ हाल ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं. ४ सितापाखा घर भइ बस्ने ४० वर्षीय नवराज जिसी।
९) चितवनको भरतपुर म.न.पा. वडा नं. २८ घर भइ हाल ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं. ४ सितापाखा बस्ने ४० वर्षीय गोरे गुरुङ।
१०) सिन्धुपाल्चोकको साँगाचोकगढी न.पा. ९ हाल ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं. ४ सितापाखा बस्ने बर्ष ४८ वर्षीय गोपाल कुवर।
११) मकवानपुरको थाहा न.पा. १० घर भइ हाल ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं. ४ सितापाखा बस्ने हिरा बहादुर गोपाली ।
१२) दोलखाको भिमेश्वर न.पा. ९ घर भइ हाल ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं. ४ सितापाखा बस्ने ४५ वर्षीय बिष्णु भण्डारी।
१३) रामेछापको मन्थली न.पा. २ घर भइ हाल ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं. ४ सितापाखा बस्ने ३५ वर्षीय नारायण खड्का।
१४) भक्तपुरको च्यामासिंह–२ घर भइ हाल ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं. ४ सितापाखा बस्ने २४ वर्षीय बिक्रम खत्री।
१५) ललितपुरको महालक्ष्मी न.पा. वडा नं. ९ लुभु घर भएका ३५ वर्षीय दिनेश थापा।
१६) उदयपुर चोटाली न.पा. ५ घर भइ हाल ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं. ४ सितापाखा बस्ने ३६ वर्षीय खगेन्द्र खत्री।
१७) गोरखाको शहीद लखन गा.पा. ५ घर भइ हाल ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं. ४ सितापाखा बस्ने ३५ वर्षीय एक बहादुर राना।
१८) तनहुँको भानु नगरपालिका–११ घर भइ हाल ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं. ४ सितापाखा बस्ने ४० वर्षीय हरिराम जोशी।
१९) सिन्धुलीको फिकल गाउँपालिका–५ घर भइ हाल ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं. ४ सितापाखा बस्ने ३६ वर्षीय राम बहादुर खड्का।
२०) ललितपुर जिल्ला ललितपुर महानगरपालिका–२४ धापाखेल बस्ने ३४ वर्षीय संजिव खड्का।
२१) ललितपुरको गोदावरी नगरपालिका–३ गोदावरी घर भएका ४२ वर्षीय संजय कुमार थापा ।
२२) ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं. ४ सितापाखा बस्ने ४५ वर्षीय भक्त राउत।
२३) ललितपुर जिल्ला महालक्ष्मी न.पा. ९ लुभु धाराचौर घर भएका ३५ वर्षीय दिलीप थापा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।