काठमाडौं– संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार)सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका ४० वर्षीय गोपाल बानियाँ छन्।
उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रहरी टोलीले पक्राउ गरेको हो। २ थान अखेटोपहरा १२ लाखमा किनबेचन हुन लागेको भन्ने सूचना आएपछि उनलाई आइतबार सोल्टीदोबाटोबाट पक्राउ गरिएको वृत्तका डीएसपी अनिल घिमिरेले जानकारी दिए।
अखेटोपहारसँगै उनीबाट २ थान डिजिटल तराजु, २ थान झोला फोन पनि बरामद भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।