सुनसरी– सुनसरीको धरान उपमहानगरपालिका-१८ मा रहेको न्यु कान्तिपुर होटल एण्ड लजको १०९ नम्बर कोठामा यही फागुन १७ गते मृत फेला परेकी महिलाको पहिचान भएसँगै उनको हत्यामा संग्लग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाख्रीवास नगरपालिका-६ धनकुटाका २४ वर्षीय जीवन उपनामका बिनेश राना रहेका छन्। फागुन १७ गते बिहान ७ बजेको समयमा होटलको कोठामा एक जना महिला मृत फेला परेकी थिइन्।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानबाट पुगेको टोलीले अनुसन्धान सुरु गरेको थियो। उनी मिक्लाजुङ गाउँपालिका-१ पाँचथर घर भई हाल इटहरी-५ मा बस्दै आएकी ३९ वर्षीया सुमित्रा तामाङ रहेको खुलेको थियो।
मृतकको पहिचान खुलेसँगै उक्त घटनामा संग्लग्नको खोजतलास गर्ने क्रममा रानालाई फागुन २१ गते बेलुका धनकुटाको पाख्रीवास-११ बाट प्रहरीले पक्राउ गरेको हो।
हत्याको आरोपमा पक्राउ परेका रानाको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।