काठमाडौं– नाबालिग गायिकामाथि करणी (बलात्कार) गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाह थप १२ दिन हिरासतमै रहने भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहमाथि प्रहरीले जबरजस्ती करणीको कसूरमा अनुसन्धान गरिरहेको छ। शाहमाथि अनुसन्धानका लागि जिल्ला अदालत तनहुँले थप १२ दिनको समय दिएको छ।
नाबालिग गायिकाको परिवारले दर्ता गरेको जाहेरीका आधारमा प्रहरीले शाहमाथि अनुसन्धान अगाडि बढाएको हो।
आफूविरुद्ध जाहेरी दर्ता भएको ४ दिनपछि (फागुन १५) गते शाहले तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।