काठमाडौं– नेपालका युवा मानवअधिकारकर्मी एवम् अधिवक्ता गणेशप्रसाद घिमिरेले बेलायतमा दिइने अन्तर्राष्ट्रिय स्तरको गान्धी नोबेल पिस अवार्ड–२०२२ पाउने भएका छन्। गान्धी पिस फाउन्डेसन नेपालले आफ्नो आधिकारिक वेब साइट, फेसबुक र इमेलबाट घिमिरेले अवार्ड पाएको जानकारी दिएको हो।
बेलायतको विश्व हिन्दु केन्द्र, साउथ हल, लण्डनमा आगामी जुन ३ तारिखमा एक समारोहबीच यो पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ।
यो वर्ष विश्वभरबाट १०४ जनालाई उक्त अवार्ड प्रदान गर्ने कार्यक्रम रहेको आयोजक संस्था गान्धी पिस फाउन्डेसन नेपालका अध्यक्ष डा. लालबहादुर रानाले जानकारी दिए। अधिवक्ता घिमिरे मानवअधिकार तथा सामाजिक न्याय, सञ्चार र शान्तिका क्षेत्रमा विगत दुई दशकदेखि क्रियाशील रहँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।