काठमाडौं– हाल देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली अन्यत्र मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम बदली तथा वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।
आज (आइतबार) दिउँसो सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा प्रदेश १ का पहाडी तथा हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली रहने र अन्यत्र मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ।
आज राति देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा प्रदेश १ का पहाडी एवं हिमाली भू–भागमा आंशिक बदली रहने र अन्यत्र सामान्यता मौसम सफा रहने महाशाखाको भनाइ छ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।