काठमाडौं- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन)को सचिवमा विष्णु पराजुलीले उम्मेदवारी घोषणा गरेका छन्। बाँकेको नेपालगञ्जमा फागुन २२ र २३ गते हुने राष्ट्रिय महाधिवेशनका लागि उनले सचिवमा उम्मेदवारी घोषणा गरेका हुन्।
निजी विद्यालयको हकहितका क्षेत्रमा काम गर्ने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको पराजुलीले बताए।
नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिको साधारण सदस्य, जिल्ला कमिटि सदस्य, सचिवालय सदस्य, सहसचिव, सचिव र अध्यक्ष भएर पराजुलीले काम गरिसकेका छन्। २०७३ देखि २०७६ सम्म काठमाडौं शाखाको अध्यक्ष भएर काम गरेका उनी बर्तमान कार्यसमितिमा प्रमुख सल्लाहकारको भूमिकामा छन्।
प्रोग्रेसिभ स्कुलका प्रिन्सिपल पराजुली विनायक सिद्ध कलेजका निर्देशक हुन्। शिक्षा क्षेत्रमा लामो अनुभव सँगालेका पराजुलीले काठमाडौं जिल्ला शाखाकोे अध्यक्ष हुँदा उत्कृष्ट कार्य गरेका थिए।
नेशनल प्याब्सनको सचिव पदमा देशभरका प्रतिनिधिहरुबाट अत्याधिक मत आउनेमा आफू विश्वस्त रहेको पराजुलीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।