काठमाडौं– पोखराका होटलमा महिलाहरुलाई वेश्यावृतिमा लगाउने गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले फागुन १५ गते ३ जनालाई पक्राउ गरी मानव बेचबिखन अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाएको छ।
पक्राउ पर्नेहरुमा पोखरा–७ मुस्ताङका ३० वर्षीय नारायण पोखरेल, सिन्धुलाप्चोकको चौतारा–६ की २२ वर्षीया पूजा थापा मगर र बाँकेको चिसापानी–९ का २२ वर्षीय विशाल योगी छन्।
उनीहरुले पोखराको लेकसाईडमा कोठा भाडामा लिइ तथा फोन सम्पर्कको आधारमा विभिन्न होटेलहरूमा महिलाहरूलाई जबरजस्ती वेश्यावृत्ति कार्यमा लगाउने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनाविरुद्ध मानव बेचबिखन तथा ओसार पसारको कसूरमा कास्की जिल्ला अदालतबाट ८ दिनको म्याद लिइ थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।