काठमाडौं– पोखरामा चक्कु प्रहार गरेर हत्या गरी फरार भएका तीन अभियुक्तलाई प्रहरीलाई दुई घण्टामै पक्राउ गरेको हो।
घटना गएराति १ बजेतिरको हो। शिवरात्रीको अवसरमा पोखरा महानगरपालिका–२० मौजामा स्थानीय क्लबले सांस्कृतिक कार्यक्रम आयोजना गरेका थिए।
कार्यक्रममा विवाद हुँदा पोखराको लामडाँडा बस्ने ३७ वर्षीय चोकेन्द्र गुरुङमाथि तीन युवाहरुको समूहले चक्कु प्रहार गर्यो। चक्कु प्रहारबाट गम्भीर घाइते भएका चोकेन्द्रको मृत्यु भयो।
यता चक्कु प्रहार गरेर फरार भएका तीन जना युवाको समूहको खोजीमा जुटेको प्रहरीले घटना भएको दुई घण्टामै पक्राउ गर्न सफल भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी तथा प्रवक्ता सुन्दर तिवारीका अनुसार पक्राउ पर्नेहरुमा लामडाँडाका २९ वर्षीय प्रकाश गुरुङ, पोखरा लामाखेतका २५ वर्षीय निशान गुरुङ र सोही ठाउँका ३० वर्षीय डिलबहादुर भनिने प्रितम गुरुङ छन्। उनीहरुलाई भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो।
साथै, उनीहरुको साथबाट हत्यामा प्रयोग भएको चक्कु समेत बरामद भएको छ। पक्राउ परेका तीनै जनाविरुद्ध कर्तज्य ज्यानको कसूरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।