काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड–१९ को संक्रमण रोकथामका लागि लगाएका सबै प्रतिबन्ध हटाउने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शनिबारदेखि प्रचलित कानुन बमोजिम राजनीतिक, सामाजिक, आर्थिक व्यावसायिक लगायतका कार्य स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने उल्लेख गरेका छन्।
पछिल्लो समय कोरोना संक्रमण न्यून विन्दुमा झर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको स्मार्ट लकडाउन हटाएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।